पद्धती बिकास सेवा केन्द्रमा चरम लापरबाही, जनशक्ति उत्पादनमा खर्च गर्नुपर्ने रकम दक्ष जनशक्तिलाई खर्च गरिदै

दिपक श्रेष्ठ
गोरखा १५ भदौ / ढुवानीकर्तालाई पैसा नदिएपछि गोरखा नगरपालिका १ ताप्ले निर्माणाधिन नमुना घर निर्माणको काम अबरुद्ध भएको छ । सिआरएस नामक अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाको आर्थिक सहयोगमा पद्धती बिकास सेवा केन्द्रले निर्माण गरिरहेको उक्त नमुना घर निर्माणका क्रममा सामान ढुवानी बापतको भाडा नदिएपछि घर निर्माणको काम नै अबरुद्ध भएको हो ।

गो न प १ ताप्लेमा निर्माण हुँदै गरेको नमुना घर

पद्धती बिकास सेवा केन्द्रले घर निर्माणको सामान स्टोर गरेर राखेको घरधनीलाई समेत अहिले सम्म भाडा नदिएपछि स्टोरमा समेत ताला लगाइ दिएको घरधनी गोबिन्द भट्टले जानकारी दिनुभयो । ‘५ महिना भै सक्यो घरमा सामान स्टोर गरेर राखेको भाडा माग्दा जहिले बिभिन्न बाहान बनाएर टार्छ, अब कति दिन सित्तैमा घर दिन सकिन्छ त्यही भएर ताला लगाइ दिएको हो ।’ भट्टले भन्नुभयो । अब पैसा नदिए सम्म स्टोरको ताला खोल्न दिन्न, भट्टले भन्नुभयो, सधै आलटाल गरेर त हुदैन नी रु पद्धती बिकास सेवा केन्द्रले मासिक १५ सय रुपैया भाडा तिर्ने गरी भट्टको घरमा सामान स्टोर गर्दै आएको छ । यता पद्धतीले नमुना घर र ताप्लेमा नै निर्माण गरीरहेको खानेपानीका सामान दुवानी बापतको रकम पनि नदिएको दुवानीकर्ता रमेशनाथ भट्टले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘बिगत ३/४ महिनादेखि खानेपानी, डेमो हाउस लगायतको निर्माणका लागी हामीले सम्झौता गरेर समाग्री सप्लाई गरेको हौ, त्यसमा ढुवानीको रकम, गिटी, बालुवा लगायतको सामानको रकम पाएका छैनौ ।, आफुले पटक–पटक ढुवानी बापतको पैसा दिन अनुरोध गर्दा अलमल गर्ने गरेको भन्दै उहाँले भन्नुभयो खै कमिसन लिन खोजेको हो की किन हो बुझ्न सकिएन् । यता घर निर्माणको काम शुरु भएदेखि नै स्टोरकिपरको रुपमा काम गर्दै आउनु भएका सोम प्रसाद भट्टले पनि तलब नपाएको गुनासो गर्नुभयो । मलाई मासिक १५ हजार रुपैया तलब दिने भनेर चैत २८ गतेदेखि राखेको हो, दुई महिनाको तलब ३० हजार दियो त्यसपछिको तलब दिएको छैन, उहाँले भन्नुभयो ।

यता पद्धती बिकास सेवा केन्द्रकी कार्यकारी निर्देशक कमला लामिछानेले पनि नुमना घर निर्माणको काम अबरुद्ध भएको स्विकार गर्नुभयो । केही ठेकेदारहरुले पैसा नदिएको भनेर त्यहाँ काम गर्ने कामदारलाई काम नगर्न भनेपछि घर निर्माण रोकिएको रहेछ, लामिछानेले भन्नुभयो, हामी छिट्टै काम निर्माण अघि बढाउछौ ।’ कार्यकारी निर्देशक लामिछानेले स्टमेट भन्दा बढि समाग्री ढुवानी भएको देखिन आएकोले ठेकेदारहरुको पैसा रोकिएको दावी गर्नुभयो । उहाँले आफुहरुले अहिलेसम्म कुनै पनि कर्मचारीको तलब भत्ता बापतको रकम नरोकेको दावी समेत गर्नुभयो । उक्त नमुना घर निर्माण गर्दा १२ लाख रुपैया सामान खरिद र ढुवानीमा खर्च हुने र बांकी ८ लाख रुपैया स्थानियहरुलाई घर निर्माणका लागि तालिम प्रदान गर्न खर्च हुने लामिछानेले बताउनुभयो ।

घर निर्माणका लागि स्थानियहरुलाई नै तालिम दिनुपर्ने भएपनि पद्धती सेवा केन्द्रले भने बाहिरबाट कामदार लगेर नमुनाघर निर्माण गरीरहेको छ । स्थानियलाई नै तालिम दिएर गर्न लागेका दावी गर्दै उहाँले कतिपय काम जनशक्ति नपाएपछि बाहिरबाट कामदार लगेको स्विकार गर्नुभयो । यद्देपी घर निर्माणका लागि ८ लाख रुपैया भने तालिमका लागि नै छुटइएको लामिछानेले बताउनुभयो । पद्धतीले उक्त ८ लाख रुपैया दक्षजनशक्ति निर्माणका लागि खर्च गनुपर्नेमा दक्ष जनशक्तिलाई नै खर्च गरिरहेको स्थानियको आरोप छ ।

गएको बैसाक महिना देखि नमुना घर निर्माणको काम थालेको पद्धती सेवा केन्द्रले करिव ५० दिन भित्र निमार्ण सम्पन्न गर्नुपर्ने नमुना घर ५ महिना बित्नै लाग्दा समेत आधा काम समेत सकेको छैन् । भुकम्प पिडितहरुलाई भुकम्प प्रतिरोधी घर निर्माण गर्न सजिलो होस भन्ने द्येयका साथ बनाउन लागिएको नमुना घर अहिले सम्म निर्माण हुन नसक्दा त्यसको औचित्यमाथी नै प्रश्न उठ्न थालेको छ ।


प्रतिक्रिया दिनुहोस्