उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लेवनान र पोल्याड भ्रमणमा जाँदै

काठमाडौं भदौ १५, / उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत लेवनानमा तैनाथ नेपाली शान्ति मिसनको निरिक्षण÷अवलोकन तथा पोल्याण्ड सरकारको औपचारिक निमन्त्रणमा लेवनान र पोल्याण्डका विभिन्न औपचारिक कार्यक्रममा सहभागी हुन शुक्रबार राती त्यसतर्फ जाने भएका छन् ।


उनले लेवनानमा रहँदा शान्ति मिसन अन्तर्गत खटिएको नेपाली शान्ति सैनिकले बहन गर्दै आएको जिम्मेवारीबारे जानकारी लिनेछन् । त्यसक्रममा समकक्षी याकुब रियाद एल सर्राफसहित लेवनानका उच्च तहका पदाधिकारी तथा राजनीतिज्ञहरुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

सन् १९५८ देखि नेपाली शान्ति सैनिक यस मिसनमा खटिदंै आएका छन् । हाल यूनिफिल मिसनमा नेपाली सेनाको श्री बरख गण र मिलिटरी अब्र्जभर तथा स्टाफ अधिकृत गरि ८ सय ७२ शान्ति सैनिक तैनाथ छन् ।

मन्त्री पोखरेलले लेवनान भ्रमणका क्रममा नेपाली मिसनलाई राष्ट्रसंघले तोकेको जिम्मेवारीमा रहेर लेवनानको राजनीतिक संकट अन्त्य गर्न निर्वाह गरेको भूमिकाबारे विशेष सम्वोधन गर्ने कार्यक्रम रहेको छ । लेवनानको दुईदिने भ्रमण पूरा गरी मन्त्री पोखरेल १९ गते पोल्याण्ड सरकारले आयोजना गर्न लागेको ‘डिफेन्स एक्सपो’ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्