पाथीभरा गोल्डकप सेमीफाईनलको समीकरण पूरा, झापाको दुवै टिम फाइनलमा

ताप्लेजुङ, भदौ १५ गते /  ताप्लेजुङमा जारी तेस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगितामा झापाको दुवै टिम फाइनलमा पुगेको छ । शुक्रबार भएको अन्तिम तथा दोस्रो सेमिफाइनल खेलमा गत वर्षको बिजेता समेत रहेको चर्च ब्वाइज युनाइटेड क्बल काठमाडौंलाई २–१ गोलअन्तरले पराजित गर्दै झापाको न्यु स्टार क्बल फाइनलमा पुगेको हो ।


खेलको ३८ औं मिनेटमा चर्च ब्वाइजका बुद्धिमान राईले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए पनि चर्च ब्वाइजकै कप्तान रमेश दङ्गालको आत्मघाती गोलको सहायताले न्युस्टार विजयी भएको हो । दुवै टिमले एक–एक गोल बराबरी खेलेकोमा निर्धारित समय सकिनलाई एक मिनेट बाँकी छँदा न्यु स्टारका सनम राईले थप गोल गरेपछि झापाले फाइनल खेलका लागि स्थान सुनिश्चित गरेको हो ।


शुक्रबारको खेलमा न्यु स्टारका बिशाल दर्जी सर्वश्रेष्ठ खेलाडी घाषित हुनुभयो । यसअघि बिहीबारको खेलमा ट्राइबेकरमा राष्ट्रिय जागृति क्लब सुनसरीलाई ४–३ गोलले पराजित गर्दै रेड स्टार क्लब बिर्तामोड झापा फाइनलमा पुगिसकेको छ । अब शनिबार पाथीभरा गोल्डकपको फाइनल खेलमा एउटै जिल्ला झापाका टिम रेड स्टार क्लब बिर्तामोड र न्यु स्टार क्लबबीच खेल हुने आयोजक लाखेजात्रा सञ्चालन समितिले जानकारी दिएको छ । प्रयास लिम्बू

 


प्रतिक्रिया दिनुहोस्