प्रधानमन्त्री केपी शर्मा ओली र मोदीबीच भेटवार्ता

काठमाडौँ, १५ भदौ / प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज द्विपक्षीय हितका विषयमा भेटवार्ता भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० चौथो शिखर सम्मेलनको समापनपछि प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रतिनिधिमण्डल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डल शुक्रबार काठमाडौमा भेटवार्ता गर्दै । तस्बिर : प्रदीपराज वन्त, रासस

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० चौथो शिखर सम्मेलनको समापनपश्चात् सम्मेलनस्थल होटल सोल्टीमा उहाँहरुबीच भेटवार्ता भएको हो । उहाँहरुबीच रक्सौल काठमाडौँ रेलवेको पूर्व सम्भाव्यता अध्ययनसम्बन्धी दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले समकक्षी मोदीसँग सौहार्दपूर्ण वार्ता भएको र छोटो समयको तयारीमा बिम्स्टेकको शिखर सम्मेलन यति भव्यताका साथ सफल भएकामा उहाँको सहयोगको प्रशंसा गरी ट्विट गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस्