क्रिस्टियानो रोनाल्डो पोर्चुगलको टोलीमा परेनन्

काठमाडौं / युभेन्टस / पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सेप्टेम्बर १० मा हुने इटालीविरुद्धको खेलको प्रारम्भिक टोलीबाट बाहिरिएका छन् । प्रशिक्षक फर्नान्डो सन्टोसले पोर्चुगलका कप्तान  रोनाल्डोविहीन टोली छनौट गरेका हुन् ।

फर्नान्डोले भने सम्भवतः विकल्पमा रहेर उनले खेल्न सक्ने बताएका छन् । म विश्वस्त छु कि उनले फुटबलमा अनेकौं योगदान गरेका छन् ।’ फर्नान्डोले भने, ‘सेप्टेम्बरमा हुने नेशनल लिगमा उनले हामीलाई सहयोग गर्नेछन् । उनले हाम्रा युवा खेलाडीलाई हौसला प्रदान गर्नेछन् ।’

पोर्चुगलको टोलीः

गोलकिपर– बेटो, क्लाउडियो रामोस, रुइ प्याट्रिको

डिफेन्डर– जाओ क्यान्सेलो, रुबेन डाइस, राफेल गुर्रेरो, पेड्रो मेन्डेस, लुइस नेटो, पेपे, मारियो रुइ, केड्रीक सोएरेस

मिड फिल्डर– विलियम कार्भेल्हो, ब्रुनो फर्नान्डेस, जेडसन फर्नान्डेस, रुबेन नेभेस, सर्जियो ओलिभेरा, पिज्जी, रेनाटो सान्चेस

फर्वाड– ब्रुमा, गोन्कालो गुइडेस, रोनी लोपेस, जेल्सन मार्टिन्स, आन्द्रे सिल्भा, बर्नान्डो सिल्भा  /  एजेन्सी


प्रतिक्रिया दिनुहोस्