पारस भित्र भित्रै राजसंस्था पुनर्स्थापना गर्नमा ब्यास्त

काठमाडौ‌ भदौ १६ / हिन्दू धर्म र राजसंस्थानिकट मानिने राप्रपा धारका दलबीचको एकतावारे पूर्वयुवराज पारस शाहले चासो व्यक्त गरेका छन्।
तीन धारमा विभाजित राप्रपालाई एकताका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले पनि दवाव दिँदै आएका छन ।

राजनीतिबारे सार्वजनिक रुपमा कुनै टिप्पणी नगरेका पारसले राप्रपा धारका तीन दलका युवा नेतालाई शुक्रार एकै ठाउँमा बोलाएर पार्टी एकताबारे चासो राखेका हुन्।

उनले राप्रपा एकतामा ढिलाई नगर्न पनि आग्रह गरेका छन्। पारसले राप्रपाका युवा नेताहरु राजेन्द्र गरुङ, सगुन लावती, टंक ढकाल, जयन्द चन्द, राजेन्द्र गुरुङ, सुरेश आचार्य, केशव विष्ट लगायको सहभागिता थियो।

पारसले राप्रपाबीचको एकताले राष्ट्रवादी शक्ति बलियो हुने र हिन्दु राजसंस्था स्थापनाका लागि थप बल पुग्ने पारसले बताएका थिए। आजको अन्नपूर्ण पोष्ट दैनिकमा यो खबर छापिएको छ।


प्रतिक्रिया दिनुहोस्