खोलाले बगाएर एक् दम्पत्तिको मृत्यु

जाजरकोट, १६ भदौ / ( रुकुम पश्चिम ) को बाँफिकोट गाउँपालिकामा खोलामा बगेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–८ दुलिदुलिखाका ५० वर्षीय अमृत घर्ती र उहाँकी श्रीमती ४८ वर्षीया तुलसा घर्तीको बाँफिकोटको बडगाई खोलामा बगेर मृत्यु भएको हो ।

खोलामा रहेको काठको पुल तर्ने क्रममा चिप्लिएर बगेका घर्ती दम्पतीमध्ये श्रीमान अमृतको शव शुक्रबार बेलुकी फेला परेको थियो । बगेको भन्दा करीब दुई सय मिटर तल उहाँको शव फेला परेको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ । त्यस्तै श्रीमती तुलसाको शव भने शनिबार बिहान ७ बजेतिर फेला परेको छ । खोजी गरिरहेका स्थानीय र प्रहरीको टोलीले बगेको भन्दा करीब १५० मिटर तल शव फेला पारेको वडा नं ८ का वडासदस्य भीमबहादुर बाँठाले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्