भुटानका विशिष्ट पाहुना स्वदेश प्रस्थान

काठमाडौँ, १६ भदौ / बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक०को चौथो शिखर सम्मेलनमा भाग लिएर भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक आज स्वदेश प्रस्थान गर्नुभयो ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले बिदाई गर्नुभयो । भुटानका विशिष्ट अतिथि वाङचुक गत बुधबार बिम्स्टेक सम्मेलनमा भाग लिन काठमाडौँ आउनुभएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्