लिभरपुल र चेल्सी लिग कपमा भिड्ने

लन्डन / आठ पटकको लिग कप विजेता लिभरपुल चेल्सीसँग सुरुआती चरणमै भिड्ने भएको छ । लिग कपलाई यसपटक काराबाओले प्रायोजन गरेका कारण प्रतियोगिताको नाम नै काराबाओ कप राखिएको छ ।

कपको तेस्रो राउण्डमा चेल्सीको घरेलु मैदानमा भिड्न लागेका हो । डिफेन्डीङ च्याम्पियन म्यानचेस्टर सिटीले लिग वान क्लब अक्सफोर्ड युनाइटेडको सामना गर्ने छ भने म्यानचेस्टर युनाइटेडले आफ्नै मैदानमा डर्बी काउन्टीसँग खेल्ने छ । त्यस्तै पछिल्लो बर्षको उपविजेता आर्सनलले लन्डनकै क्लब ब्रेन्टफोर्ड तथा टोटनह्यामले वाटफोर्डको सामना गर्दै छ ।

टोटनहम र वाटफोर्डबीचको खेल वेम्बलेबाट ५० किलोमिटर टाढा एमके डन स्टेडियममा हुन सक्ने छ । नयाँ मैदान बन्दै गरेको र हाल प्रयोगमा आएको वेम्बली मैदान उपलब्ध नभएका कारण यस हप्ताको खेल एमके स्टेडियमा खेल्नका लागि इएफएल बोर्डलाई क्लबले निवेदन दिएको बताइएको छ । स्पर्सका अनुसार, ‘हामी यो बिषयमा आफ्नो समर्थकसँग माफि माग्न चाहन्छौ । किनकी एमके स्टेडियम प्रत्यक समर्थकका लागि उपयुक्त नहुन सक्छ ।’

पूरा ड्रस्

आर्सनलविरुद्ध ब्रेन्टफोर्ड

अक्सफोर्डविरुद्ध म्यान सिटी

लिभरपुलविरुद्ध चेल्सी

एभर्टनविरुद्ध साउथह्यम्पटन

म्यान युनाइटेडविरुद्ध डर्बी

टोटनह्यामविरुद्ध वाटफर्ड

वोल्भ्स विरुद्ध लेस्टर

बर्नमाउथविरुद्ध ब्लाकबर्न

मिलवालविरुद्ध फुल्हाम

वेस्ट ब्रोमविरुद्ध क्रिस्टल प्यालेस

बर्टोन अलबिओनविरुद्ध बवर्नल

नटिङघाम फोरेस्टविरुद्ध स्टोक

विकम्बविरुद्ध नर्विच

प्रेस्टोनविरुद्ध मिडल्सब्रो

ब्लयाकपुलविरुद्ध क्युपिआर

-एजेन्सी


प्रतिक्रिया दिनुहोस्