नेपालको साफ च्याम्पियनसिपमा सेमिफाइनल पहिलो लक्ष्य – प्रशिक्षक महर्जन

काठमाडौं  /  बंगलादेशमा  हुने साफ च्याम्पियनसिपमा लामो तयारी, अनुभवी र युवा खेलाडीको सन्तुलनमा रहेको टोलीको पहिलो लक्ष्य सेमिफाइनल पुग्नु रहेको बालगोपाल महर्जनले बताएका छन् ।

 

डिस होम एक्सन स्पोर्टसको फेयर प्लेमा कुरा गर्दै महर्जनले भने, ‘प्रतिद्वन्द्वि जो सुकै होस्, हामी सेमिफाइनल पुग्न सक्षम छौं । नेपाली टोलीले बुधबार पाकिस्तानसँग खेल्दै छ । भदौं २१ गते भुटान र समूह चरणको अन्तिम खेल भदौ २३ गते बंगलादेशको सामना गर्नेछ ।   एसियाडमा पाकिस्तानसँग पराजित हुनुअघि नेपाली युवा टोली जापानसँग १–० र भियतनामसँग २–० ले पराजित भएको थियो ।  १८ औं एसियाडमा नेपाली यू २३ टोली पाकिस्तानसँग २–१ को पराजित भएकोले त्यसको प्रभाव अबको खेलमा पर्दैन भन्ने प्रश्नमा महर्जनको जवाफ थियो ।  हामी त्यो नतिजाबाट निराश होइन पाठ सिक्ने गरि खेल्नेछौं । महर्जनले भने, ‘अहिले खेलाडीहरुको मनोबल अर्को स्तरमा पुगेको छ । सबै साफ च्याम्पियनसिपलाई लिएर उत्साहित छन् ।

सन् १९९३ मा नेपालले बंगलादेशमा दक्षिण एसियाली खेलकुद साफ मा स्वर्ण पदक जित्दा महर्जन टोलीका सदस्य थिए । नेपाली टोलीका पूर्व कप्तान समेत रहेका महर्जनले केहि वर्ष बंगलादेशमा व्यवासायिक फुटबल खेलेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्