यति एयरलाइन्सको विमान दुर्घटना, सबै यात्रु सकशुल

काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । नेपालगञ्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको ‘जेट स्ट्रीम, ढल्ब्ज्ध्’ विमान आज साँझ अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

फाइल तस्विर

उहाँका अनुसार आज साँझ ८ : ३० बजे भएको सो दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । त्यस्तै यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईका अनुसार जहाजमा सवार २१ जना यात्रु सकुलशल छन् ।

जहाज दुर्घटना भएपछि केही समय विमानस्थल बन्द गरिएको थियो । चिप्लिएको जहाजलाई प्राधिकरण एवं एयरलाइन्सका कर्मचारीले सुरक्षित स्थानमा ल्याउन प्रयास गरिरहेको विमानस्थलले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्