उपेन्द्र यादवलाई कालो झण्डा देखाउने युवाको हिरासतमै मृत्यु

काठमाडौ‌ भदौ १७ / संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव उपस्थित कार्यक्रममा कालो झन्डा देखाउँदै होहल्ला गरेको अभियोगमा पक्राउ परी ७ भदौदेखि प्रहरी हिरासतमा राखिएका युवा राममनोहर यादवको मृत्यु भएको छ । बिहीबार बर्दिया जिल्ला प्रहरी कार्यालयको हिरासतमै बेहोस भेटिएपछि उपचारका लागि निकालिएका राममनोहरको शनिबार बिहान शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो ।

२ दिनसम्म नेपालगन्जमा उपचार गर्दा स्वास्थ्यमा सुधार नभएपछि काठमाडौं ल्याइएका उनको उपचारकै क्रममा ज्यान गएको हो । बिहीबार बिहान ६ बजे हिरासतबाट जिल्ला अस्पताल पु९याइएका उनलाई प्राथमिक उपचारपछि प्रहरीले दिउँसो नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल लगेको थियो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। प्रकाशबहादुर थापाले २४ घन्टा आइसियूमा राखेर उपचार गर्न निर्देशन दिए पनि अस्पतालमा आइसियू बेड खाली नभएपछि तत्काल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल रेफर भयो । तर, शुक्रबार दिउँसोसम्म राममनोहरको स्वास्थ्यमा सुधार नआएपछि काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पताल रेफर भयो ।

दिउँसै एकजना मेडिकल अफिसर, दुई प्रहरी र उनकी श्रीमतीसहितको टोलीको साथ लगाएर राममनोहरलाई बर्दिया प्रहरीले जहाजमा काठमाडौं पठायो । थप उपचारका लागि नेपालगन्जबाट जहाजमा काठमाडौं पठाएको बर्दिया प्रहरी प्रवक्ता डिएसपी दलबहादुर बोगटीले बताए । तर, उपचारकै क्रममा शिक्षण अस्पताल महाराजगन्जमा शनिबार बिहान करिब साढे २ बजे उनको मृत्यु भयो । ‘प्रहरीका तर्फबाट हरसम्भव प्रयास गरिएको हो, तर दुभाग्य बचाउन सकिएन,’ डिएसपी बोगटीले भने ।

राममनोहरलाई भेरी अञ्चल अस्पताल पु९याउँदा प्यारालाइसिस भइसकेको थियो । अस्पताल ल्याउँदा टाउकोमा रगत जमिसकेको देखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। प्रकाशबहादुर थापाले बताए । ‘टाउकोमा रगत जमेर हो या नलीमा रगत जाम भएर हो, उनलाई प्यारालाइसिस भइसकेको थियो,’ डा। थापाले भने, ‘हातखुट्टा नचल्ने भइसकेको, केस जटिल थियो । २४ घन्टा आइसियूमा राखेर उपचार गर्नुपर्ने भएकाले हामीले मेडिकल कलेज रेफर ग¥यौँ ।’

गिरफ्तार गर्नासाथ चारैजनाको स्वास्थ्य जाँच गरेको प्रहरीले जनाएको छ । स्वास्थ्य जाँचपछि म्याद थप गरेर हिरासतमा राखेको प्रवक्ता डिएसपी बोगटीले बताए । पहिलोपटक स्वास्थ्य जाँच गराउँदा राममनोहरको रक्तचाप उच्च देखिएको उनले जानकारी दिए । अन्य तीनजनालाई राज्यविप्लवकै मुद्दामा हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रवक्ता बोगटी बताउँछन् । आजको नयाँ पत्रिका दैनिकमा बाँकेबाट विश्वराज पछल्डङ्ग्याले यो खबर लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्