विवादका कारण ताप्लेजुङ सरोकार केन्द्रको अधिवेसन एक हप्ताका लागि सर्‍यो

काठमाण्डौ, १६ भाद्र  /  ताप्लेजुङ सरोकार केन्द्रको अधिवेसन विवादका कारण एक हप्ताको लागि सरेको छ । शनिवार स्थापना दिवस तथा तेस्रो अधिवेसन गर्न भेला भएपनि स्थापना दिवस मनाएर अबिधेसन एक हप्ताको लागि सारेको अध्यक्ष बालकृष्ण श्रेष्ठले सभा हललाई जानकारी दिएका थिए।

स्थापना दिवस तथा साधारण सभामा साधारण सदस्य तथा आजीबन गरी २५४ सदस्यहरुको ६० प्रतिशत उपस्थिति हुनु पर्नेमा ११५ सदस्य मात्र शनिवार उपस्थिति भएपछि गणपुरक संख्याको अपुगमा विद्यान अन्तगर्त नै एक हप्ताको लागि सार्नुपरेको अध्यक्ष श्रेष्ठले बताएपनि अधिवेशन सर्नुको मुख्य कारण विवाद नै भएको एक गोप्य स्रोतले जनाएको छ । विवादको विभिन्न कारणहरु देखाईएपनि मुख्य त नेतृत्व कस्ले लिने भन्ने नै यस्को मुल कारण देखिएको छ । सरोकार केन्द्रको विद्यान अन्तगर्त साधारण सभामा कुल सदस्यहरुको ६० प्रतिशत, उपस्थित नभएमा साधारण सभा मान्य हुने छैन भनेर उल्लेख छ भने तर विद्यानको दफा ११ को ५ मा उल्लेख भए बमोजिम पुन साधारण सभामा कुल सदस्यको ५१ प्रतिशत उपस्थित भएमा सभा गर्न बाधा मानिने छैन भनेको छ भने दोश्रो पटक पनि गणपुरक संख्या नपुगेमा सञ्चालन गरिने छ भनिएको छ ।

अध्यक्ष पदका आकाङक्षी सरोकार केन्द्रका उपाध्यक्ष चित्रगुप्त साँबा र सदस्य डम्बर बहादुर तुम्बाहाङफे रहेका छन । शुक्रवार नैै शनिवार हुने साधारण सभाको तयारी पुरा भएपनि साधारण सभालाई केन्द्रित गरेर दुई ओटा बिज्ञप्ती प्रकाशित भएको थियो । अध्यक्ष बालकृष्ण श्रेष्ठद्धारा हस्ताक्षरित ताप्लेजुङ सरोकार केन्द्रको लेटर प्याडमा छाप विनाको विज्ञप्तीमा साधारण सभा विषेश कारणले अनिश्तिकालको लागि स्थगित गरेको भनेर भनिएको थियो । करिब एक घण्टा पछि अर्को बिज्ञप्ती सरोकार केन्द्रको लेटर प्याड प्रयोग गरी अछापे भनेर विना हस्ताक्षर प्रकाशित भएको थियो ।

सो विज्ञप्तीमा अध्यक्षको नाम गरेर कसैले साधारण सभा अनिश्चितकालको लागि स्थगित भएको सूचना गलत भएको र भोलि शनिवार साधारण सभा हुने उल्लेख गरिएको थियो।केहि दिन यता एक पक्ष अधिवेशन सार्नु पर्ने र अर्को पक्ष निर्धारित समयमा नै गर्नुपर्छ भन्नेमा दुई खेमामा बाँडिएका थिए । उप महासचिव पौडेललका अनुसार अधिवेशन सार्नुपर्छ भन्नेमा अध्यक्ष श्रेष्ठ,उपाध्यक्ष महेन्द्र पराजुली,उप महासचिव पौडेल,कोषाध्यक्ष युवराज गुरुङ, सचिव लक्ष्मी खतिवडा सदस्यहरु डम्वर बहादुर तुम्वाहाम्फे,जसध्वोज गुरुङ,टिपी सुब्बा, भद्रयमा सुब्वा,माधव प्रधान,बालकुमार साँवा,चैतन्य सुब्वा,हरी थापा,त्रिवेणी चोङवाङ,रामकुमार थेबे,क्षितिज थेवे,पूर्णबहादुर शेर्पा योगेन्द्र नेयाहाङ, रविन घले र मेगेन्द्र पराजुली रहेका थिए । उता अधिवेशन निर्धारित मितिमै हुनुपक्ष भन्नेमा उपाध्यक्षहरु चित्र गुप्त साँवा,टंक श्रेष्ठ,रमेश बराल,महासचिव तामाङ, सचिवहरु लगायत बहुमत सदस्य रहेको जनाइएको थियो ।

ताप्लेजुङ सरोकार केन्द्रको १३ औ स्थापना दिवस मनाईयो

शनिवार सरोकार केन्द्रका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा १३ औ स्थापना दिवस मनाईएको छ । स्थापना दिवसको अवसरमा संस्थापक अध्यक्ष तथा पूर्व स्वास्थ्य राज्य मन्त्री डाक्टर भरत प्रधानले स्थापना दिवसको अवसरमा सवैलाई शुभकामना दिदै सरोकार केन्द्रको गरिमा जोगाई राख्न सवैलाई अनुरोध गर्नुभयो । कार्यक्रममा पूर्व मन्त्री याङकिला शेर्पा, पूर्व जर्नेल अन्नत लिम्बु लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो ।
दिवसको अवसरमा सरोकार केन्द्रका आजीवन सदस्यता वितरण समेत गरिएको थियो । अधिवेशन भने गणपुरक सदस्य संख्याको अपुग भएपछि विद्यान अनुसार एक हप्ताको लागि सार्ने निर्णय गरेको हो । अधिवेशन सम्पन्न गर्नका लागि संस्थापक अध्यक्ष डा श्रेष्ठको संयोजकत्ममा निर्वाचन मण्डल बनेको छ जस्को सदस्यहरुमा थाईन्द्र आङबुहाङ,गोविन्द्र भट्टराई रहनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्