प्रथम बौद्ध सम्मेलन सम्पन्न

नवलपरासी, १७ भदौ / पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–७ रानीनगरमा एक दिवसीय प्रथम बौद्ध सम्मेलन शनिबार सम्पन्न भएको छ । एशियाकै ज्योती मानिएका भगवान गौतम बुद्धले प्रतिपादन गर्नुभएको शिक्षा हालको समयमा पनि सान्दर्भिक रहेकोमा सोही सम्बन्धमा सम्मेलन आयोजना गरिएको थियो । बौद्ध सम्मेलनमा बुद्धसँग सम्बन्धित रुपन्देही, कपिलवस्तु, पूर्व–पश्चिम नवलपरासीका प्रखर वक्ताहरूको विशेष सहभागिता रहेको आयोजक ज्योति बुद्ध विहार गुम्बा समिति त्रिवेणीले जनाएको छ ।

प्रतिपक्षको भावना समेत समावेश गर्नुपर्ने

यसैगरी गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सत्तापक्षले प्रतिपक्षको भावनासमेत समावेश गरी प्रभावकारी काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल कृषि श्रमिक सङ्घ पूर्वी नवलपरासीको आयोजनामा कावासोतीमा शनिबार भएको नेपाली काँग्रेसको सङ्गठन विस्तारको लागि नीतिगत तथा सङ्गठन गोष्ठीमा उहाँले सो विचार राख्नुभएको हो । रासस


प्रतिक्रिया दिनुहोस्