सिङ्गापुरद्वारा १५२ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, १७ भदौ / एशिया कप छनोटअन्तर्गत चौथो खेलमा नेपालले जितका लागि १५२ रनको लक्ष्य पाएको छ ।

मलेशियाको राजधानी क्वालालम्पुरमा आज टस जितेर ब्याटिङ गर्दै सिङ्गापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनायो । सिङ्गापुरका लागि चेतन रामचन्द्र सूर्यबंशीले ६० रन, अनिश पारामले ३१ तथा कार्तिकेयन सुब्रमन्नियमले २० रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र ललित नारायण राजवंशीले तीन÷तीन, सोमपाल कामीले दुई तथा वसन्त रेग्मीले एक विकेट लिए । अहिले नेपालले ब्याटिङ गरिरहेको छ । नेपालले २५ ओभरमा चार विकेट गुमाउँदै एक सय २४ रन बनाएको छ । नेपालले शनिबार मलेसियालाई १९ रनले पराजित गरेको थियो ।
रासस


प्रतिक्रिया दिनुहोस्