साताको पहिलो दिन आज शेयर बजार नौ अङ्कले बढ्यो

काठमाडौँ, १७ भदौ / साताको पहिलो दिन आज शेयर बजारमा सुखद शुरुवात भएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोवार मापक नेप्से परिसूचक ८।५९ बिन्दुले बढेर एक हजार १९० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापक सूचक सेन्सेटिभ परिसूचक २।०१ बिन्दुले बढेर २५१।८० बिन्दुमा पुगेको छ । गत साता कारोवार रकम रु एक अर्बभन्दा कम रहेको थियो ।

स्टककाअनुसार आज कूल १६४ कम्पनीको नौ लाख ६० हजार ७१४ कित्ता शेयर रु ३० करोड २५ लाख ९७ हजार मूल्यमा खरिद बिक्री भएको छ । नेप्से र कारोवार रकम दुवै बढेपछि लगानीकर्तालाई केही खुशी तुल्याएको छ । आज तीन उपपमूहको शेयर भने ओरालो लागेको छ । उत्पादन ०।७५, अन्य १।९ र जीवन बीमा कम्पनी १।०८ बिन्दुले घटेको छ यस्तै बैंकिङ ११।४१, होटल ३२।११, विकास बैंक १३।५२, जलविद्युत् ५।१३, वित्त ०।९४, निर्जीवन बीमा २९।४३ र माइक्रोफाइनान्स १०।१४ बिन्दुले बढेको छ । एनआइसी एशिया बैङ्क, तिनाउ विकास बैङ्क र भार्गभ विकास बैङ्कका लगानीकर्ताले आज कमाएका छन् भने सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । रासस


प्रतिक्रिया दिनुहोस्