एमए प्रथम वर्षको नतिजा प्रकाशित १२ प्रतिशत मात्र पास !

काठमाडौ / त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले मास्टर ऑफ आर्ट्स (एमए) अर्थशास्त्र प्रथम वर्षको परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

एमए इकोनॉमिक्स फर्स्ट इयरको परीक्षा २०७५ बैशाखमा सञ्चालन गरिएको थियो । कुल २५११ परीक्षार्थीमा केबल ३१५ परीक्षार्थी उत्तीर्ण भएका छन् । एमए प्रथम वर्ष अर्थशास्त्रमा केवल १२.५४ प्रतिशत मात्र परीक्षार्थी पास भएका छन् ।


प्रतिक्रिया दिनुहोस्