डोनेस्क ‘नायक’ को सम्झना र सम्मानमा आयोजित ¥यालीमा दशौँ हजार सहभागी

डोनेस्क, रूस /यूक्रेनी पृथकतावादी नेताको गत शुक्रबार भएको हत्याको विरोध गर्दै हजारौँको सङ्ख्यामा डोनेस्कमा जम्मा भएका नागरिकले उहाँको सम्झना तथा सम्मानमा आइतबार गरिएको शोक ¥यालीमा सहभागिता जनाएका छन् । रूसी राष्ट्रपतिका समर्थकले मृतक ४२ बर्षीय अलेक्जेन्डर जाखारचेन्कोलाई यूक्रेनी नायकको नामले सम्बोधन गर्ने गर्थे । दशौँ हजारको सङ्ख्यामा सहभागी भएका डोनेस्कबासीले शुक्रबार एउटा रेष्टुरेन्टमा बिष्फोटमा मारिएका जाखारचेन्कोको अन्तिम सम्मानका लागि शोक गरिएको ¥यालीमा सहभागिता जनाएका थिए ।

शुक्रबारको घटनामा जाखारचेन्कोसहित उहाँका सुरक्षा सहयोगीको मृत्यु भएको थियो भने करिब दश जना घाइते भएका थिए । उहाँ विगत चार बर्ष यता मारिएका मस्को समर्थक यूक्रेनी उच्च अधिकारी हुनुहुन्छ । कम्तीमा लाख जनाले जाखारचेन्कोको मृत शरीर राखिएको स्थानमा पुगी श्रद्धाञ्जलि अर्पण गरेका थिए । स्वघोषित डोनेस्क गणराज्यका प्रमुख जाखारचेन्कोको अन्तिम संस्कारका लागि गरिएको सभामा अलेक्जेन्डर जाल्देभस्तानोभ, रुसी सांसद नाटालिया पोकलोन्सकाया लगायतका रूसी पक्षधर उच्च नेताहरूको सहभागिता रहेको थियो ।

सहभागी ४१ बर्षीय ओक्सानाले भन्नुभयोे, “उनीहरूले हाम्रो मुटुको टुक्रा चुडेर लगेका छन् । हामीले यो दुखद घटनालाई कहिल्यै विर्सने छैनौँ । उहाँ सधैँ एकै परिवारको सदस्यजस्तो व्यवहार गर्नुहुन्थ्यो । यो म र मेरा साथीका लागि अपुरणीय क्षति भएको छ ।” उहाँको हत्यारालाई क्षमा हुने छैन, अर्का सहभागी ३५ बर्षीय सेर्गेई कापुस्टिनले थप्नुभयो । ‘¥यालीमा हामी सबैको एउटै मातृभूमि–– रूस’ भन्ने व्यानर बोकेका सहभागीले आँखाभरी आँसु लिएर शहरको विभिन्न भाग पुगेका थिए ।

रूसले हत्यालाई उत्तेजना फैलाउने काम भनेको छ । उसले पश्चिमा राष्ट्रहरूको पहलमा भएको शान्तिवार्ता भङ्ग गर्ने प्रयास भनेको छ । जाखारचेन्कोले रूसी पक्षधर विद्रोहीको विगत चार बर्ष यता नेतृत्व गर्दै आउनुभएको थियो । सन् २०१४ मा जाखारचेन्को डोनेस्कको प्रथम राष्ट्रपतिमा सर्वसम्मत रूपमा चुनिनु भएको थियो । सन् २०१४ मा रूसले क्रिमियालाई गाभेपछि पूर्वी यूक्रेनको डोनेस्क र लुगान्सकमा रूसी समर्थनमा विद्रोह भएपछि करिब १० हजार नागरिकले ज्यान गुमाएका थिए । कीभ र पश्चिमा मुलुकहरूले उक्त विद्रोहका लागि मस्कोले उक्साएको दावी छ तर रूसले यसलाई नकार्दै आएको छ । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस्