हुएस्काविरुद्ध बार्सिलोनाको आठ गोल ,बार्सिलोना शीर्ष स्थानमा

बार्सिलोना /  स्पेनिस ला लिगाअन्तर्गत नवप्रवेशी हुएस्काविरुद्ध ८ गोलसहितको जित निकालेपछि बार्सिलोनाले शीर्ष स्थान बनाएको छ । सो खेलअघि शीर्ष स्थानमा रहेको रियल मड्रिडलाई दोस्रो बनाउँदै बार्सिलोनाले पहिलो स्थान ओगटेको हो ।

आइतबारको तेस्रो खेलमा बार्सिलोनाले यसै सिजन शीर्ष लिगमा आएको क्लब हुएस्कालाई ८–२ ले पराजित गर्दा कप्तान लियोनल मेस्सीले दुई गोल गरे । उनले पनि रियल मड्रिडका करिम बेन्जेमानसँग बराबरी गोल गरेर शीर्ष गोलकर्ता बने ।

मेस्सीले शीर्ष गोलकर्तामा मात्र आफ्नो स्थान नबनाई असिस्टमा पनि शीर्ष मै छन् । मेस्सीले यस सिजनको ला लिगामा ४ गोल गरिसकेका छन् भने दुई असिस्ट गरेका छन् । यसैगरी रियलका करिमले ४ गोल गरेका छन् भने असिस्टमा एथ्लेटिको बिल्बाओका इनाकी विलियम्स अगाडि छन् । एजेन्सी,


प्रतिक्रिया दिनुहोस्