माछा मार्न गएका दुई भारतीय सुनकोशीमा नागरिक बेपत्ता

काठमाडौं भदौ १८
सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाअन्तर्गत जुरेस्थित सुनकोशी नदीमा माछा मार्न गएका दुई भारतीय नागरिक बेपत्ता भएका छन्।
विहार प्रान्तअन्तर्गत सीतामढी पर्शुराम– ९ निवासी ३० वर्षीय रुपलाल सहनी र २५ वर्षीय मनोहर सहनी बेपत्ता भएका हुन ।

उनीहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबीसेले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्