ओपीडी सेवा बन्द गरेर सडकमा उत्रिएका चिकित्सकलाई सरकारले वार्तामा बोलायो

काठमाडौं भाद्र १८ /  मुलुकी अपराध ९संहिता० को उपचारसँग सम्बन्धित केही प्रावधान संशोधन गर्नुपर्ने मागसहित आन्दोलनरत चिकित्सकलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवले वार्ताका लागि आज बिहान ११ बजे चिकित्सकलाई मन्त्रालयमा बोलाएको छ ।

यता चिकित्सक संघले भने माग सम्बोधन नभएसम्म आन्दोलनका नरोकिने भन्दै वार्ता र आन्दोलन एकसाथ जारी रहने बताएको छ ।

नयाँ ऐन बनाउँदा चिकित्सकहरुलाई कुनै जानकारी नगराइएको र बदनीयपूर्ण तरिकाले कानुन ल्याएको चिकित्सकहरूको आरोप छ । भदौँ १ देखि १५ गते सम्म सरकारलाई समय दिँदा पनि कुनै प्रगति नभएको कारण आफूहरु आन्दोलनमा जान बाध्य भएको संघका अध्यक्ष डा। मुक्तिराम श्रेष्ठले बताएका छन ।

हिजो ओपीडी सेवा बन्द गरेर सडकमा उत्रिएका चिकित्सकहरुले आज पनि आन्दोलनलाई जारी राखेका छन् । आज दोस्रो दिन देशभरको अस्पतालका प्रशासनिक काम बन्द गराइएको छ ।

आन्दोलनको दोस्रो दिन आज देशभरको प्रशासनको काम बन्द गरेको नेपाल चिकित्सक संघका महासचिव लोचन कार्कीले जानकारी दिए ।

मुख्य रुपमा चिकित्सक संघले नयाँ मुलुकी ऐनको परिच्छेद १९ को इलाज सम्बन्धी कसूर अन्तरगत १ दफाको २३० को उपदफा ९४०,दफा २३१,२३२,२३३ को उपदफा ९४० को २३५ र २३८ को उपदफा ९४० सच्याउनु पर्ने माग गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्