इरानी विदेशमन्त्री अकस्मात सिरियामा

तेहरान, १८ भदौ / इरानका विदेशमन्त्री मोहम्मद जावाद जरिफ सोमबार सिरिया पुग्नुभएको छ । उहाँ पूर्व घोषित कार्यक्रम बिना नै सिरियाका बिद्रोहीको कब्जामा रहेको सबैभन्दा ठूलो इदलिबका बारेमा छलफल गर्न सोमबार सिरिया भ्रमणमा जानुभएको इरानको विदेश मन्त्रालयले जनाएको छ । इदलिबका बारेमा सिरियाली अधिकारीहरुसँग छलफल गर्न उहाँ सिरिया पुग्नुभएको इरानी विदेश मन्त्रालयका प्रवक्ता बहराम


उहाँले इदलिबबाट सिरियाले आतङ्ककारीहरुलाई हटाउने विषयमा गरेको कार्यका लागि सिरियाली अधिकारीहरुसँग भेटवार्ता गर्नुहुनेछ । इदिलिब सिरिया, टर्की र इरानको सीमा क्षेत्रमा पर्दछ । त्यहाँबाट आतङ्ककारीलाई हटाउन सिरियाले पनि पछिल्लो समयमा ठूलो संख्यामा सरकारी फौज परिचालन गरेको थियो ।

त्यस विषयमा इराकी विदेशमन्त्री जरिफले सिरियाली राष्ट्रपति बसार अल–असदसँग भेटवार्ता गर्नुहुने बताइएको इरानी समाचार समिति आइएसएनएले जनाएको छ । उहाँको यो भ्रमण इरान, रुस र टर्कीका राष्ट्रपतिहरुको त्रिपक्षीय बैठकको पूर्वसन्ध्यामा भएको पनि जनाइएको छ । रुस, इरान र टर्कीका राष्ट्रपतिबीच सिरियाली द्वन्द्वको बारेमा आगामी शुक्रबार इरानको राजधानी तेहरानमा भेटवार्ता हुन लागेको छ ।

सिरियाले आफ्नो भूमिबाट आतङ्कवादीहरुलाई हटाएको घटनाको इरानले समर्थन गरेको छ । यसअघि इदलिबमा सिरियाली सरकारी फौज परिचालन गरेको घटनाको पनि इरानले समर्थन गरेको थियो ।
इरानी रक्षामन्त्री पनि गत हप्ता सिरियाली शहर दमासकस पुग्नुभएको थियो । सिरिया गएको सात वर्षदेखि गृहयुद्धमा छ । उसलाई इरानले आर्थिक र सैन्य सहयोग गर्दै आएको छ । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस्