भारतमा सवारी साधन नदीमा खस्दा १२ जनाको मृत्यु

नयाँ दिल्ली, १८ भदौ / यात्रुहरु बोकेको सवारी साधन नदीमा खसेर भारतमा १२ जनाको मृत्यु भएको छ ।
उत्तराखण्ड प्रदेशमा सोमबार भएको सो दुर्घटनामा परी केही व्यक्ति घाइते पनि भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
संवाददाताहरुका अनुसार दुर्घटनामा परेको सवारी साधन झण्डै एक सय मिटर माथिबाट नदीमा खसेको हो ।
दुर्घटनामा परेको सवारी साधनमा १५ यात्रु थिए । घाइते तीन जनालाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । उनीहरूलाई स्थानीयको सहयोगमा घटनास्थलबाट उद्धार गरिएको थियो । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्