फिफा वर्ष खेलाडी अवार्डका लागि यी तीन खेलाडी भिड्ने

ज्युरीच  /  फिफाले वर्षेनी प्रदान गर्दै आएको फिफा ‘द बेस्ट’ अवार्डका लागि अन्तिम तीन खेलाडीको नाम सार्वजनिक भएको छ । यसअघि फिफाले १० खेलाडीको नाम सार्वजनिक गरको थियो ।


शीर्ष तीन स्थानमा रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जितेका क्रिस्टियानो रोनाल्डो र लुका मोड्रीचसँगै लिभरपुलका मोहमद सलाह रहेका छन् । रोनाल्डोले गत सिजन क्लब फुटबलमा च्याम्पियन्स लिग उपाधि जिताउने क्रममा सर्वाधिक गोलकर्ताको उपाधि हात पारेका थिए । मोड्रीचले पनि सोहि उपलब्धिसँगै क्रोएसियालाई विश्वकप फाइनलसम्म पुर्याउँदा कप्तानको भूमिका निभाएका थिए । सलाह भने लिभरपुलको उत्कृष्ट प्रदर्शनमा मुख्य हतियार बनेका थिए ।

 

यसअघि मनोनयनमा परेका :
एन्टोइन ग्रिज्मन, केभीन डे ब्रुएन, इडेन हाजार्ड, ह्यारी केन, किलियन एमबप्पे, लिओनेल मेसी, राफेल भारानेको नाम सार्वजनिक गरको थियो , । एजेन्सी


प्रतिक्रिया दिनुहोस्