जातियताविरुद्ध विशाल साङ्गीतिक कार्यक्रम सम्पन्न

बीबीसी / पूर्वी जर्मनीको केम्नित्स शहरमा जातियताविरुद्धको एउटा निःशुल्क साङ्गीतिक कार्यक्रममा करिब ६५ हजार मानिस सहभागी भएका छन्। गत महिनाको अन्त्यतिर दुईजना सन्दिग्ध आप्रवासीबाट एक ३५ वर्षीय जर्मन नागरिकमाथि घातक हमला भएपछि सो शहरमा चरम दक्षिणपन्थीहरूको प्रदर्शन र त्यसको जवाफी प्रदर्शनहरू भएका थिए।

AFP

चरम दक्षिणपन्थीहरूले लगाएको ( हामी मानिस हौँ ) भन्ने नाराको जवाफमा हामीमध्ये पनि धेरै छौँ भन्ने नारा अन्तर्गत सोमवार साङ्गीतिक समूहहरूले कार्यक्रम गरेका हुन्। कार्यक्रममा सहभागी धेरै मानिसले ुनाजी जाऊु भन्ने नारा लगाएका थिए।
अभियानधेरै मानिसहरू सहभागी हुने भएपछि आयोजकहरूले कार्यक्रमस्थल परिवर्तन गर्नुपरेको थियो।

Reuters

यसअघि सोमवार अफगानिस्तानी ठानिएका एक आप्रवासीलाई आफ्नी जर्मन पूर्व केटी साथीको हत्या गरेको अभियोगमा आठ वर्ष जेल सजाय सुनाइएको थियो।

उक्त घटनाले देशभरि विरोध निम्त्यायो र चरम दक्षिणपन्थी समूहहरूले आप्रवासीविरोधी अभियानका लागि त्यो घटनालाई प्रयोग गरे। आक्रमणका पीडितको सम्झनामा एक मिनेट मौनधारण गरिएपछि सोमवार साँझ साङ्गीतिक कार्यक्रम शुरू भएको थियो।
लगत्तै क्राफ्ट क्लब नामक साङ्गीतिक समूहका एकजना गायकले कार्यक्रमका सहभागीहरूलाई सम्बोधन गरे। उनले भने, ूहामी अनुभवहीन छैनौँ। हामी यो भ्रममा पनि छैनौँ कि साङ्गीतिक कार्यक्रम गरेर संसारलाई जोगाउन सकिन्छ।

तर कहिलेकाहीँ यो देखाउन पनि महत्त्वपूर्ण हुन्छ कि तपाईँ एक्लै हुनुहुन्न।

कार्यक्रम चलिरहँदा चरम दक्षिणपन्थीहरूको शनिवारको प्रदर्शनका क्रममा एकजना पत्रकारमाथि हमला गरेका सन्दिग्धलाई पक्राउ गरिएको प्रहरीले जनाएको थियो।


प्रतिक्रिया दिनुहोस्