दुई विधेयक सम्बन्धित समितिमा

काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले संसद् बैठक समक्ष पेश गर्नुभएको “वैयक्तिक गोपनीयता सम्बन्धी विधेयक, २०७५ लाई सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

त्यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले “खाद्य अधिकार सम्बन्धी विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल विशेष कारणले बैठकमा उपस्थित हुन नसक्नुभएकाले उहाँका तर्फबाट मन्त्री महासेठले सो सो प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २० गते बुधबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । रासस


प्रतिक्रिया दिनुहोस्