साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित

काठमाडौँ /   बंगलादेशमा  भएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा  पाकिस्तानसँग आज भएको पहिलो खेलमा  नेपाल २–१ ले पराजित भएको  छ ।

 

 

 

नेपाल पहिलो हाफमा १–० ले पछि परेको थियो । नेपाली टोलीका कप्तान विराज महर्जनले विपक्षी खेलाडीलाई डि-बक्समा फउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै पाकिस्तानले अग्रता लिएको थियो ।

नेपालका लागि खेलको ८२औं मिनेटमा फरवार्ड विमल घर्तीमगरले आकर्षक गोल गर्दै खेल बराबरी बनाएका थिए ।  थपिएको ५ मिनेटको अन्तिम समयमा  नेपालको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै पाकिस्तानी खेलाडीले फ्री हेडिङबाट गोल गरेका थिए ।

पहिलो खेल हारेपछि नेपालको उपाधि सपनामा धक्का लागेको छ । नेपालले अब अर्को खेल बिहीबार भुटानसँग खेल्दैछ ।


प्रतिक्रिया दिनुहोस्