जङ्गलमा बेपत्ता भएका चारमध्ये एकको शव फेला

गुलरिया, बर्दिया, १९ भदौ / पन्ध्र दिनअघि भारतको बहराइच जिल्लाको बैरिखल्ला जङ्गलमा हराएका चार नेपाली मध्ये एक जनाको शव नेपाल ल्याइएको छ । राजापुर नगरपालिका–६ बस्ने ४५ वर्षीय हाङ्ले भन्ने ईन्दबहादुर चौधरीको शव फेला पारी नेपाल ल्याएपनि तीन जना अझै बेपत्ता छन् । बेपत्ताका आफन्तले खोजी गरिदिन आग्रह गर्दै आएका छन् ।

जिल्ला प्रहरी कार्यालय वर्दियाका अनुसार यही भदौ ७ गते साँझदेखि हराएका बर्दिया राजापुर नगरपालिका–६ बस्ने वर्ष ४५ का वीरेन्द्रबहादुर शाह, सोही ठाउँ बस्ने वर्ष ४३ का डिब्बु भन्ने बालकृष्ण चौधरी र सोहीे ठाउँ बस्ने वर्ष ४० का गोपाल चन्दको जोजी कार्य जारी छ । बेपत्ता एक जना मृत भेटिए अन्य तीन जनाको खोजी कार्य जारी राखिएको राजापुर प्रहरी कार्यालयका नायब उपरीक्षक टीका भारतीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्