इटालियन लिगमा सर्वाधिक कमाउनेहरु

मिलान / पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो इटालियन लिग पुगेपछि त्यहाँको आर्थिक अवस्था उथलपुथल भएको छ । १ सय मिलियन युरोमा युभेन्ट्स पुगेका रोनाल्डोको तलब पनि निकै धेरै छ ।

यसअघि सर्वाधिक कमाउने खेलाडी रहेका गोन्जोलो हिगुआइनभन्दा रोनाल्डोको कमाई तीन गुणा बढी छ । पूर्व रियल मड्रिड स्टार खेलाडी रोनाल्डो सिरी–ए मा सबैभन्दा बढि कमाउने खेलाडीको शीर्षस्थानमा छन् । ग्याजेट डेलो समाचारका अनुसार उनको कमाई सिरी–ए मा सर्वाधिक कमाइ गर्ने शीर्ष दोस्रो खेलाडी भन्दा तीन गुणा बढी रहेका छ । यद्यपी रियलबाट ८८ मिलियन पाउण्डमा उनी युभेन्ट्स पुगेपनि आफुलाई उत्कृष्ट प्रमाणीत गर्न सकेका छैनन् ।

३३ बर्षीय रोनाल्डोले सिरी–ए का तीन खेल खेली सक्दा पनि कुनै गोल गर्न सकेका छैनन् । रोनाल्डोले प्रतिबर्ष कर विना ३१ मिलियन युरो कमाउँछन् । उनको साप्ताहीक कमाई ५३८,००० पाउण्ड रहेको छ । त्यस्तै दोस्रो स्थानमा पूर्व युभेन्ट्स खेलाडी गोन्जोलो हिगुइन रहेका छन् । उनले एसी मिलानमा प्रतिबर्ष ९।५ मिलियन युरो कमाउछन् । साप्ताहिक रुपमा उनको कमाई १६५,००० पाउण्ड हो ।

सिरी–ए मा सबैभन्दा धेरै कमाउने खेलाडी :

१. क्रिस्टियानो रोनाल्डो– ३१ मिलियन युरो (युभेन्ट्स)

२. गोन्जालो हिगुइन– ९.५ मिलियन युरो (एसी मिलान)

३. पाउलो डिबाला– ७ मिलियन युरो (युभेन्ट्स)

४. मिरालेम प्यानिच – ६.५ मिलियन युरो (युभेन्ट्स)

५. डग्लास कोस्टा– ६ मिलियन युरो (युभेन्ट्स)

६. जियाननालुइजि डोनारुमा– ६ मिलियन युरो (एसी मिलान)

७. लिओनार्डो बोनुची – ५.५ मिलियन युरो (युभेन्ट्स)

८. एम्रे च्यान – ५ मिलियन युरो (युभेन्ट्स)

९. लोरेन्जो इन्सिग्ने– ४.६ मिलियन युरो (नेपोली0

१०. माउरो इकार्डी– ४.५ मिलियन युरो (इन्टर मिलान)

११. इडिन जेको– ४.५ मिलियन युरो (रोमा)

-एजेन्सी/हाम्रो खेलकुद


प्रतिक्रिया दिनुहोस्