निरान्जली लामा र मिलन थिङ अभिनित ह्राङ्लान गोङ्मो बोलको गीतको भिडियो सुटिङ कार्य सक्कियो

मिलन थिङ पाराङको ह्राङ्लान गोङ्मो बोलको गीतको भिडियो सुटिङ कार्य सक्किएको छ ।

आधी दर्जन भन्दा धेरै म्युजिक भिडियो खेलिसकेका सिन्धुली म्हाभारका मोडल मिलन थिङ पाराङलाई केही समयको अन्तरालपछि पुन यस म्युजिक भिडियो मार्फत उत्कृष्ट अभिनयका साथमा सम्पुर्ण दर्शकहरुले देख्ने भएको छ । उनको जोडीको रुपमा पछिल्लो समय मङ्गोलियन हर्ट राजु लामाको गीत “घर मेरो पूर्व,बाट चर्चामा आएकी मोडेल निरान्जली तामाङलाई देख्न पाउने छन्।

आधी दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी निराञ्जली र पाराङलाई यो भिडियोबाट कतिको मन पराउछन् त्यो भने प्रतिक्षा गर्नै पर्नेछ । चर्चित गायक तथा संगीतकार विशाल काल्तानको स्वर र चन्द्र वाईबाको संगीत रहेको गीतको सुर्य मोक्तानले शब्द लेखेका हुन्। भिडियोको सुटिङ सिन्धुलीको रमणीय दृश्य र काठमाण्डौमा गरिएकोले सुन्दर रमाणिय दृष्य प्रसस्त मात्रमा भिडियोमा देख्न पाइनेछ । चर्चित नायक तथा निर्देशक अमिर दोङले निर्देशन गरेको भिडियोको छायांकन कार्य बिक्रम मोक्तानले सम्हालेका छन् ।


प्रतिक्रिया दिनुहोस्