निर्मला हत्या प्रकरण : तीन तहबाट सुक्ष्म अनुसन्धान हुँदै

भीमदत्तनगर, २० भदौ / कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरण बारे तीन तहबाट सुक्ष्म अनुसन्धान भइरहेको छ । गत साउन १० गते बलात्कार गरी बालिका पन्तको हत्या गरिएको थियो । हत्याका सम्बन्धमा गृहमन्त्रालय, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० र जिल्ला प्रहरी कार्यालयले सुक्ष्म अनुसन्धान गरिरहेको छ । घटनाको छानबिनका लागि केही साता अघि भीमदत्तनगर आइपुगेको गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको पाँच सदस्यीय उच्चस्तरीय छानबिन टोलीले अनुसन्धान तीव्ररुपमा अगाडि बढाइरहेको छ ।

अनुसन्धान कार्य अन्तिम चरणमा पुगेको छ, सहसचिव मैनालीले भन्नुभयो, “अब प्रतिवेदन लेख्ने काम शुरु भएको छ ।”
त्यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो टोलीले पनि आफ्नै ढङ्गबाट अनुसन्धान गरिरहेको छ । सो प्रकरणमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टले घटनामा संलग्न भन्दै भीमदत्त नगरपालिका–१९ बाँगफाटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई गत भदौ ४ गते सार्वजनिक गरेको थियो । तर स्थानीयवासीले अभियुक्त विष्टमा मानसिक रोगको समस्या भएको भन्दै प्रहरीले घटनामा संलग्न हत्यारालाई बचाउन उनलाई सार्वजनिक गरिएको दाबी गरिदै आन्दोलन झन चर्किएको थियो ।

गत आइतबार केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी वरिष्ठ उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीको नेतृत्वमा तीन सदस्यीय टोली भीमदत्तनगर पुगेर घटनाबारे सुक्ष्म अध्ययन गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयले पनि प्रहरी नायब उपरीक्षक कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकेर काम गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुबेर कडायतले घटनाको प्रारम्भदेखि नै सुक्ष्मरुपमा अनुसन्धान भइरहेको बताउनुभयो । “यो दौड होइन, अनुसन्धान भएकाले केही समय लाग्न सक्छ”, उहाँले भन्नुभयो, “हामीलाई सहयोग गर्न ब्यूरोबाट पनि नयाँ टोली यहाँ आएको छ ।” निर्मला हत्याकाण्डका अपराधी उम्किनै नसक्ने बताउँदै उहाँले प्रहरी र स्थानीयवासीबीच सूचना प्रवाहको वातावरण बन्न आवश्यक छ भन्नुभयो । “ पछिल्लो समयमा घटना छानबिनमा नागरिकसंगको सहकार्य राम्रो हँुदै गएको छ”, प्रहरी उपरीक्षक कडायतले भन्नुभयो, “घटनाको विषयमा धेरै कोणबाट अनुसन्धान हुँदैछ ।”निर्मला गृहकार्य गर्न गएको रोशनी बमको घरबाट पनि अनुसन्धान भइरहेको छ । प्रहरीले निर्मलाका साथी रोशनी र उनकी दिदी बबिता बमलाई नियन्त्रणमा लिएर छानवीन गरिरहेको छ ।

प्रहरी स्रोतका अनुसार बम दिदी बहिनीले घटनाबारे कुनै जानकारी नभएको बयान दिइरहेका छन् । त्यसैगरी बमसित निकट भनिएका भीमदत्तनगरका आयुश विष्ट र किरन विष्टलाई समेत प्रहरीले सोधपुछ गरिरहेको जनाइएको छ । प्रहरीले गत सोमबार निर्मलाका दिदी मनिषा पन्त र रोशनी बमलाई संयुक्तरुपमा राखेर पनि बयान लिएको थियो । प्रहरीको उक्त दोहोरो बयानका क्रममा रोशनीले घटनाबारे अनविज्ञता जनाए पनि बयान भने विगतको भन्दा फेरिएको मनिषाले राससलाई बताउनुभयो ।

“यसअघि गरेको बयानमा रोशनीले बहिनी निर्मला मेरो घरबाट भागी बुबाको डेरामा जान्छु, चार÷पाँच दिन उतै बस्छु भनेर निस्केको भनेकी छन्”, मनिषाले भनिन्, “तर आजको बयानमा उनले निर्मला घरबाट निस्केको र च्यानल गेट बाहिरबाट कता लाग्यो थाहा नभएको बताईन ।” “स्कूलमा बोल्न नि लजाउने रोशनी अहिले त निकै कडारुपमा प्रस्तुत हुँदैछ”, उनी भनिन्, “बम परिवार र उनकै सम्बन्ध भएकामाथि गहन अनुसन्धान गरे हत्यारा पत्ता लाग्न सक्छन् ।” यसअघि पक्राउ गरिएका दिलीपसिंह विष्टलाई भने प्रहरीले उनको मानसिक जाँचलगायत उपचारका लागि भन्दै काठमाडौँ पु¥याएको छ । —शेरबहादुर सिंह रासस


प्रतिक्रिया दिनुहोस्