फेरी बढ्यो, पेट्रोको मुल्य,पेट्रोलमा १, डिजेलमा ३ तथा ग्यासमा २५ रुपैयाँले वृद्धि

भाद्र २१, काठमाडौं / नेपाल आयल निगमले बुधबार मध्य राति लागू हुने गरी पुनस् इन्धनको मूल्य वृद्धि गरेको छ । निगमले राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो ।

स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ । पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएसँगै पेट्रोलको नयाँ मूल्य १ सय १२ रुपैयाँ, डिजेल र मट्टितेलको ९८ रुपैयाँ र एलपी ग्यासको एक सिलिण्डरको मूल्य १४ सय रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्