योगेश भट्टराईले दिए आफ्नो जन्म दिन मनाउने खर्च विपन्न विद्यार्थीलाई

काठमाडौं, २१,/  भदौ नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) स्थायी कमिटी सदस्य तथा ताप्लेजुङ जिल्लााबाट प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले आफ्नो जन्म दिन मनाउने खर्च विपन्न विद्यार्थीहरुलाई प्रदान गरेका छन् । नेता भट्टराईले प्रधानमन्त्री विधार्थी भर्ना अभियान अन्तर्गत आफ्नो गृह जिल्लामा गत वैशाखमा भर्ना गराएका दुई विधार्थीहरुलाई प्रदान गरेका हुन् ।

सांसद भट्टराईले ताप्लेजुङको पाथीभरा याङवोरक गाउँपालिका–६ थुम्बेदिनका शारदा माविमा कक्षा १ मा कमल बिक र सोही गाउँपालिका–५ को चाक्सिबोटे माबि कक्षा १ मा अध्ययनरत गंगा बिकलाई भर्ना गराएका थिए ।

प्रधानमन्त्री विधार्थी भर्ना अभियान अन्तर्गत पाथीभरा याङवोरक गाउँपालिका–६ थुम्बेदिनका शारदा माविमा कक्षा १ मा कमल बिकलाई बिद्यालय भर्ना गराउदैं माननिय योगेश भट्टराई

उनले आफ्नो जन्मदिनका अवसरमा ती दुवै विद्यार्थीका लागि स्कुल ड्रेस, शैक्षिक सामाग्री र अन्य खर्चका लागि १०–१० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका हुन । उक्त रकम पार्टीका ताप्लेजुङ सम्पर्क मञ्चका अध्यक्षद्धय सन्तोष मादेन र मिङमा डण्डु लामा मार्फत उनीहरुका अविभाबक समक्ष पुर्याउने गरी हस्तान्तरण गरेका छन । भट्टराईले वर्षेनी जन्मदिनको अवसरमा बिपन्नलाई आर्थिक सहायता गर्दै आएका छन् । उनले भने, ु बाल्यकालका केही वर्षलाई छोडेर आजसम्म संघर्ष र सिकाइको निरन्तरताका रूपमा यहाँसम्म आई पुगेको छु । मलाई जन्मदिने आम र परिवारका अन्य सदस्यहरूको प्रेरणा, गुरुहरूको शिक्षा, अग्रज नेताहरूको हौसला तथा मित्रहरूको सहयोगबाट आजको ठाउँसम्म आउन सफल भएको छु ।

प्रधानमन्त्री विधार्थी भर्ना अभियान अन्तर्गत पाथीभरा याङवोरक गाउँपालिका–५ को चाक्सिबोटे माबि कक्षा १ मा अध्ययनरत गंगा बिकलार्ई बिद्यालय भर्ना गराउदैं माननिय योगेश भट्टराई

भट्टराईले ऋण तिर्न नसकेर गोठालो बसेका ताप्लेजुङका बालक दोर्ची शेर्पालाई उद्दार गरी काठमाडौं ल्याएर अध्ययनको व्यवस्था मिलाएका थिए । हाल दोर्ची शेर्पा काठमाडौंको सामाखुसीस्थित एक विद्यालयमा अध्ययनरत छन । गत बर्ष भट्टराईले ताप्लेजुङकै ७ वर्षीय मिलन शेर्पालाई पनि १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए । शेर्पा मुटुको समस्या र कुपोषण पीडित थिए । उनले बिभिन्न माध्यमबाट शुभकामना दिनुहुने सबैप्रति हार्दिक आभार समेत प्रकट गरेका छन।


प्रतिक्रिया दिनुहोस्