लिम्बू सांस्कृतिक चलचित्र “केःसाङ्ला” हङकङबाट प्रदर्शन हुँदैँ

काठमाडौं, २१ भाद्र /  लिम्बू सांस्कृतिक चलचित्र केःसाङ्ला हङकङबाट प्रदर्शन सुरू हुने भएको छ । चलचित्र केःसाङ्ला हङकङमा  प्रदर्शन पश्चात यु.के. हुँदै पूर्वी नेपालको बिभिन्न जिल्लाहरु क्रमश ताप्लेजुङ, पाचथर, ईलाम, संखुवासभा, धनकुटा, सुनसरी, झापा लगायत उपत्यकामा पनि प्रदर्शन हुने भएको छ ।

लिम्बू कला र संस्कृतिको उत्थान साथै संबर्धनमा सानो भएपनि टेवा गर्ने उदेश्यले यस चलचित्रलाई सम्पुर्ण लिम्बू बस्ति भएको जिल्लाहरुमा प्रदर्शन गर्न लागिएको हो । लिम्बू जातिको मुख्य बाजा केः (च्याब्रुङ) बजाउँदा चाहिने सामाग्रीको कथामा यस चलचित्र बनेको हो । लिम्बू जातिको शुभ-विवाह र घर सर्दा लगायतको शुभकार्यमा च्याब्रुङ बजाइने गरिन्छ ।  लिम्बु भाषाको संरक्षण र उत्थान अनि प्रचार प्रसार गर्ने उदेश्यले जिबन्त मौलिक लिम्बु संस्कृतिमा लिम्बु भाषाको चलचित्र केःसाङ्ला निर्माण भएको निर्देशक लोकेन साँवाले अरुण पोस्ट डट कमलाई बताउनु भएको छ ।

ताप्लेजुङको अति रमणीय ठाँउहरु नाल्बो, फङ्फङ्गे झरना, सुकेटार बिमानस्थल आसपास र इलामको कन्याममा चलचित्रलाई छायांकन गरिएको छ । चोकफुङ इन्टरटेन्मेन्टको ब्यानरमा भीम तुम्बाहाम्फेको प्रस्तुतिमा निर्माण भएको चलचित्रलाई निर्देशन/कथा हालको ब्यस्त निर्देशक लोकेन साँवाले गरेका हुन् । देवेन्द्र खापुङ सुर्केलीको पटकथा रहेको यस चलचित्रमा भीम तुम्बाहाम्फे, लक्ष्मी योङहाङ, विशाल सेनेहाङ, याम्निङवा योङहाङ, मेनुका सावदेन, सनम पहाङ्गो लिम्बू, हर्कबहादुर लुम्फङ्वा (कुमार), चन्द्रकुमार लेक्वा, महिमा लिम्बू आदिको अभिनय रहेको छ । त्यसैगरी अशोक लोहरुङ राईको पाश्र्व संगीत, यासेली योङहाङ र लोकेन साँवा लिम्बूको गीत रहेको चलचित्रमा मनु नेम्बाङ, श्रेयसी चेम्जोङ, असली वनेम, भीम तुम्बाहाम्फे, थोक्फेला लिङ्देनले स्वर दिएका छन् ।

द हाइल्याण्ड आर्ट र सिक्वेन्स फेसन हाउसको भेसभुषा रहेको उक्त चलचित्रमा भूपेन्द्र तुम्बाहाम्फेको छॉयांकन्, सोम मगरातीको श्रृङ्गार, मुख्य निर्माण नियन्त्रणमा गंगा तुम्बाहाम्फे, सहायकमा निर्मल सुब्बा छन् भने चलचित्रको लोगो सुवास खजुम लिम्बूले डिजाइन गरेका हुन् । केःसाङलामा फिपरानी तुम्बाहाम्फे पङ्धाक, सन्जय तुम्बाहाम्फे र विष्णु पङ्धाक लिम्बू निर्माता रहेका छन् ।  दिनेश माङ्मुको सहायक निर्देशन र कोरियोग्राफी रहेको चलचित्रमा भूपेन्द्र तुम्बाहाम्फेको छायांकन, विपिन मल्लको सम्पादन र कलर रेनेश फागोको रहेको छ ।

 

 


प्रतिक्रिया दिनुहोस्