अस्पतालमा छोरी भनेर थमाईएकी बच्चा घर पुग्दा छोरा भए

काठमाडौं,भदौ २२,
गोदावरी नगरपालिका ८ जमुनाभाडीकी २३ बर्षीया काली खातीले भदौ १७ गते बिहान सेती अञ्चल अस्पतालमा छोरी जन्माईन ।

छोरीको स्वास्थ्यमा केही समस्या भएको भन्दै चिकित्सकले तुरुन्तै एसएनसियुमा भर्ना गरे । आमा प्रसुतिगृहमै भर्ना भइन् ।
भने छोरीलाई अलग्गै भवनमा राखियो ।

बेलुकी एसएनसियुबाट छोरीलाई दुध खुवाउन भन्दै उपचारमा संलग्न चिकित्सकले कालीकी आमा दिलु बोहरालाई बच्चा दिए ।
कालीले दुध खुवाईन् । डिस्चार्ज भएपछि घर गईन् । घर पुगेपछि बच्चाले दिसा गरेको भन्दै डाईपर निकाल्दा खाती दम्पती छक्क परे ।

अस्पतालमा शिशुलाई आमाको दुध खुवाउने बेलामा नर्सहरुले खाती दम्पतीकी छोरीलाई त्यहीँ राखेर अर्को शशिु दिएका थिए, जुन शिशु सोही दिन एसएनसियुमा राखिएको डडेलधुरा जोठबुढा नगरपालिकाकी भावना बोहराका छोरा थिए । अस्पतालमा छोरी जन्मेको भनेका थिए, घर पुग्दा त छोरा पो देखियो, कालकी पति मेघराज खातीले भने, घर पुगिसकेका खाती दम्पतीलाई एक चिकित्सकले फोन गरेर तुरुन्तै अस्पताल आउन भने ।

अस्प्ताल पुगेका उनीहरुको हातबाट शिशु छोरा थुतेर अर्को शिशु छोरी थमाईयो ।, आजको नागरिकदैनिकमा यो खबर प्रकाशित गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्