फोहोरमा फ्याँकियो नयाँ बुलेटः मालिक भन्छन्, ‘रोयल इनफिल्डले धोका दियो, अब यसको काम छैन’

एजेन्सी / रोयल इन्फिल्डले आफ्नो नयाँ सिरिज पेगासस ५०० का मालिकलाई केही निश्चित समाधान दिन नसकेको भन्दै भर्खरै किनिएको नयाँ बुलेटलाई एक व्यक्तिले फोहोरमा फ्याँकेका छन् । सोसल मिडियामा पोष्ट भएको जानकारी अनुसार पेगासस मालिक धिरज जारुवाले बुलेटले नयाँ सिरिज बजारमा उतारेपछि अब उनको पेगासस ५०० को कुनै काम नभएकाले फोहारमा फ्याँकिएको बताएका छन् ।

स्रोतका अनुसारउनले यसो गर्नुको कारण निकै रोचक छ । गत महिना रोयल इन्फिल्डले पेगासस ५०० मोटरसाइकलको लिमिटेड इडिसन भारतमा लञ्च गर्यो । उनीहरुले उक्त बाइक निकै विशिष्ट भएको बताउँदै भारतमा दुई सय ५० वटा र संसारभरी हजारवटा मात्र वितरण गरिने जानकारी दिए ।

तर त्यसको केही हप्तापछि अगस्ट २८ मा उक्त कम्पनीले क्लासिक सिग्नल ३५० भर्सन लञ्च गरे जुन पेगासस मोडल जस्तै देखिन्छ र ८० हजार भारु सस्तो पनि । पेगासस किन्न नसकेकालाई डिलरले फोन गरेरै उक्त नयाँ बाइक पेगासस जस्तै भएको र यसमा पेगाससमा नभएको एबीएस पनि भएको जानकारी दिए । कम्पनीको यस्तो व्यवहारका कारण संसारभरीका पेगासस मालिक रुष्ट छन् ।

उनीहरुले रोयल इन्फिल्डले निकै सिमित भनिएको बाइकको कपी लञ्च गरेर आफूहरुलाई धोका दिएको बताएका छन् । पेगासस मालिकले इमेल र फोनमार्फत् चित्त बुझ्दो जवाफ नपाएका कारण पनि आफूहरुलाई थप रिस उठेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्