राजपत्र प्रकाशित

पाल्पा / रैनादेवी छहरा गाउँपालिकाले पहिलो पटक ‘स्थानीय राजपत्र’ प्रकाशित गरेको छ ।

गाउँसभाबाट पारित कार्यविधि, निर्देशिका, विधेयकसहित सङ्गालोका रुपमा स्थानीय राजपत्र रहनेछ । कार्यविधि, निर्देशिका, विधेयकको अभावमा स्थानीय तहका प्रभावकारी काम हुन नसकेका कारण स्थानीय बासिन्दाले समस्या खेप्दै आएकामा यसबाट सबै कामकारवाहीमा सहजता हुने भएपछि जनप्रतिनिधिसहित नागरिक खुशी भएका छन् ।

उक्त गाउँपालिकाद्वारा आयोजित खुला तीजगीत प्रतियोगिताका अवसरमा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले सो राजपत्रको पहिलो र दास्रो भाग सार्वजनिक गर्नुभएको थियो । राजपत्रको खण्ड १ को भाग १ मा विधेयक र कार्यविधि रहेको छ भने भाग दुईमा दुई कार्यविधि, एक विधेयक र दुई निर्देशिका रहेको उहाँले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्