नुवाकोटमा हेलिकोप्टर दुर्घटना : ६ जनाको मृत्यु, १ महिला जिवितै

काठमाडौ / उत्तरी गोरखाको सानागाउँबाट ६ यात्रु लिएर काठमाडौं आउँदै गरेको अल्टिच्युड एयरको हेलकोप्टर नुवाकोटमा फेला परेको छ। हेलिकप्टरमा सवार ७ जनामध्ये ६ जनाको मृत्यु भएको छ भने १ जना महिलाको भने उद्धार गरिएको छ। नुवाकोट नेत्रावती वडा नम्बर ३ बागबर्मा खेतमा हेलिकप्टर भेटिएको हो।

नाइनएनएएलएस कल साइनको हेलिकोप्टर धादिङको सत्यदेवी जंगलमा दुर्घटना भएको अवस्थामा भेटिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताए ।  काठमाडौं विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार ८ बजेर १८ मिनेटमा काठमाडौं आइपुग्नुपर्ने यो हेलिकप्टरसँग बिहान ८ बजेर ५ मिनेटपछि सम्पर्क टुटेको हो ।

मृत्यु भएकाहरु:

हिरोमी कामात्सु (पासपोर्ट नम्बरः TK713612068 YEAR)
दिल्लीबहादुर गुरुङ (४० वर्ष, रामेछाप)
हिरा शेर्पा (वर्ष ३५, दोलखा)
छोवाङ नुर्बु (गोखरा, चुमनुब्री १)
सुनिल तामाङ (वर्ष २२)
निश्चल केसी (पाइलट)

घाइते :

ल्हो आनि डोल्पा डिकि (गोरखा, चुमनुब्री २)

हेलिकोप्टरमा एक जना क्याप्टेनसहित ७ जना यात्रु सवार थिए । हेलिकोप्टरमा सवार मध्येहिरोमी कामात्सु, दिल्लीबहादुर गुरुङ, हिरा शेर्पा, ल्हो आनि, डोल्मा डिकी, छोवाङ नुर्बु, सुनिल तामाङ, निश्चल केसी (पाइलट) सवार थिए । तिवारीका अनुसार डोल्मा डिकी मात्र जीवित छिन् । अन्य यात्रुको शव हेलिकोप्टरमै भेटिएको हो ।

 

 

 

 


प्रतिक्रिया दिनुहोस्