अध्यक्ष प्रचण्ड र भारतका पूर्वप्रधानमन्त्री सिंहबीच भेट

काठमाडौँ, २३ भदौ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय काँग्रेस पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री मनमोहन सिंहबीच आज भेटवार्ता भएको छ ।

भारत भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय काँग्रेस पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री मनमोहन सिंहबीच भेटवार्ता गर्नुहुँदै । तस्बिरः अध्यक्ष दाहालको सचिवालय

सो अवसरमा सिंह भारतको प्रधानमन्त्री हुनुभएका बेला नेपालसँग भएका समझदारी, छलफल र नेपालमा शान्ति प्रक्रियालाई अगाडि बढाउन उहाँको नेतृत्वको सरकारबाट भएको सहयोगप्रति अध्यक्ष दाहालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

नेपालमा शान्ति प्रक्रिया र संविधान निर्माण भई सकेपछि विकास निर्माणतर्फ ध्यान केन्द्रित गरेकाप्रति नेता सिंहले खुसी व्यक्त गर्नुभएको थियो । भारतीय काँग्रेस पार्टी सरकारमा नभए पनि नेपालको विकास निर्माणमा आफूहरुको पूर्ण सहयोग रहने उहाँले विश्वास दिलाउनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्