ताप्लेजुङ सरोकार केन्द्रमा साँवा र तुम्बाहाङफेबीच कडा भिडन्त हुँदै, यस्तो छ आ-आफनो तयारी

काठमाण्डौं, २४ भदौ / ताप्लेजुङ सरोकार केन्द्रको अधिवेसन आईतवार हुँदैछ । आईतवार हुने अधिवेशनको लागि अध्यक्षमा दुई जनाको दाबी देखिएको छ । अध्यक्ष पदका लागि बर्तमान उपाध्यक्ष चित्रगुप्त साँवा र सदस्य डम्बरबहादुर तुम्वाहाम्फे बीच प्रतिस्पर्धा हुने देखिन्छ । नेतृत्वका लागि दुवैले आ आफनो टिम तयार पारेको बुझिएको छ ।


साँवाको टिममा उपाध्यक्षका लागि वर्तमान उपाध्यक्षहरु टंक श्रेष्ठ,रमेश बराल, वर्तमान महासचिव बलबहादुर तामाङ, कार्य समिति सदस्य शिव गुरुङ, ईश्वरी पौडेल र पूर्व सदस्य रंगनाथ भट्टराई मध्येवाट उम्मेदवारी हुने पक्का भएको छ । उता तुम्वाहाम्फेको तर्फबाट उपाध्यक्षको लागि बर्तमान कोषाध्यक्ष युवराज गुरुङ,वर्तमान सदस्य चैतन्य तुम्वाहाम्फे र बर्तमान सदस्य माधव प्रधान र सदस्य टेकबहादुर एङदेनको नाम टुंगो लागेको बुझिएको छ । त्यस्तै साँवाको टिमबाट महासचिवको लागि बर्तमान उपमहासचिव नन्दु बनेम र उप महासचिबको लागि बर्तमान सचिव सन्तोष मादेन उम्मेदवार बन्ने पक्का भएको बुझिएको छ । त्यस्तै सचिवमा गृष्म आङबुहाङ, सरिता काफ्ले परशु आङबुहाङ, उम्मेदवार बन्ने छन भने कोषाध्यक्षमा पदम आङबुहाङ, र मिङमाडण्डु लामा मध्ये एक जनाले उम्मेदवार बनाउने बुझिएको छ ।

उता तुम्वाहाम्फेको तर्फबाट महासचिवमा हालको उप महासचिव अग्नि पौडेल र उपमहासचिवका लागि सदस्य तथा खेलकुद विभाग प्रमुख बालकुमार साँवालाई उम्मेदवार बनाउने भएको छ । त्यस्तै सचिवमा,वर्तमान सदस्यहरु क्षितिज थेबे र योगेन्द्र नेयोङ लक्ष्मी खतिवडा उम्मेदवार बन्ने पक्का भएको छ । त्यस्तै कोषाध्यक्षमा कार्य समिति सदस्य हरि थापा उम्मेदवार बन्ने भएको हो । साँवाको टीमको सदस्यहरुमा सदस्यहरुमा मोहन योन्जन, अनिल खडका, त्रिवेणी चोङवाङ,कृष्णबहादुर तामाङ,रणबहादुर खडका,रोजक लामा,रविन घले,प्रेम गुरागाई,महेन्द्र पालुङवा,मदन श्रेष्ठ,चुडामणि गिरी, ज्ञानु ईजम,ठाकुर प्रसाद दाहाल,अशोक प्यासी राई,भक्ति भट्टराई, महेश गुरागाई,रामकुमार थेबे,सुसन साम्सोहाङ,ज्ञानु पौडेल,कमला आङबुहाङ,महिमा कडरिया , भद्रमाया सुब्वा र लक्ष्मी खतिवडा उम्मेदवार बन्ने पक्का भएको छ ।

तुम्बाहाङफेको टीमको सदस्यहरुमा सिदिङमाबाट जीबन राई,सिरिजंघा राम थेवे,याङवरक दगंध्वोज खोयाहाङ,फुङलिङमा भक्ति भट्टराई र माधव प्रधान, फक्ताङलुङ विद्या पौडेल वा याङजोङ शेर्पा मध्ये एक जना मिक्वाखोलाबाट मिङमा कामी शेर्पा, मेरिङदेनबाट तिलप्रसाद चोङवाङ,मैवाखोलाबाट पिके शेर्पा ,र आठराई त्रिवेणीबाट मोहन योन्जन उम्मेदवार बनाईने बुझिएको छ ।

महिलाबाट नैनाकला श्रेष्ठ तारा श्रेङ र भद्रमाया सुब्वालाई उम्मेदवार बनाउने बुझिइएको छ र खुल्ला तर्फको ठाकुर दाहाल,सुसन साम्साहाङ, देउमान विष्ट, जसध्वोज गुरुङ,मकरध्वोज बनेम,नरेन्द्र खालिङ, मदनकुमार श्रेष्ठ,सुर्य नेयोङ,टंक घिसिङ र रणबहादुर खड्का, लगायत सदस्य उम्मेदवार उठाउने बुझिएको छ ।
अधिवेशनको लागि सवै तयारी पुरा भएको आयोजकले जनाएकको छ । आईतवार साढे १ बजे देखि बागबजार स्थित हार्दिक होटलमा अधिवेशनको बन्द सत्र हुदैं छ । अधिवेसमा सर्व सम्मत तरिकाबाट नेतृत्व छनौटको अन्तिम प्रयास गरिने सरोकार केन्द्रका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताएका छन ।

 


प्रतिक्रिया दिनुहोस्