राष्ट्र बैंकद्वारा गोर्खाज फाईनान्सलाई बजार निर्माता इजाजत पत्र प्रदान

काठमाडौं, २४ भदौ । नेपाल राष्ट्र बैंकले गोर्खाज फाईनान्स लिमिटेडलाई बजार निर्माता इजाजत पत्र प्रदान गरेको छ ।
अब देखि गोर्खाज फाईनान्स लिमिटेडले नेपाल राष्ट्र बैंकद्वारा निष्कासित राष्ट्रिय बचतपत्र र नागरिक बचतपत्रको प्राथमिकतथा दोस्रो बजार कारोबार र बैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबार गर्न पाउने गोर्खाज फाईनान्स लिमिटेडले आफ्नो बिज्ञप्तीमा जनाएको छ ।


ग्राहकहरुले यो सेवा गोर्खाज फाईनान्स लिमिटेडको मुख्य कार्यलय डिल्लीबजार, काठमाडौंबाट प्राप्त गर्नेछन् । हाल गोर्खाज फाईनान्स लिमिटेडको चुक्तापुँजी ८७ करोड रहेको छ । फाईनान्सले आफ्ना ग्राहकहरुलाई मोबाईल बैंकिङ्ग, ई–बैंकिङ्ग, डेबिट कार्ड, आई।पि।एस। जस्ता आधुनिक सेवा प्रदान गरिरहको छ । फाईनान्सको हाल नेपाल भरि २२ वटा शाखा रहेको बिज्ञप्तीमा उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस्