नेदरल्यान्ड्समाथि फ्रान्सको संघर्षपूर्ण जित

पेरिस / यूईएफए नेसन्स लिग अन्तर्गत आइतबार राती  फ्रान्सले नेदरल्यान्ड्सलाई २-१ ले पराजित गरेको छ ।


१४ औं मिनेटमा ब्लेस माटुइडीको पासमा फ्रान्सका युवा स्टार किलियन एमबाप्पेको  गोलसँगै खेलमा सुरुआती अग्रता लिएको थियो ।  दोस्रो हाफमा रायन बाबेलले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले ६७ औं मिनेटमा केनी टेटेको पासको सदुपयोग गर्दै हार टार्ने प्रयास गरेका थिए । तर ८ मिनेटपछि ओलिभिएर जिरुडले गोल गर्दै फ्रान्सलाई पुन: अग्रता दिलाए । विश्वकप अवधिभर गोल गर्न नसकेका जिरुडले बेन्जामिन मेन्डीको पासमा गोल गरेका थिए ।

यस गोलसँगै जिरुडले अन्तर्राष्ट्रिय गोल संख्यामा फ्रान्सका पूर्व कप्तान जिनेदिन जिदानलाई पनि पछाडी पारेका छन् । उनले ३१ औं गोल गर्ने क्रममा ८ सय मिनेट लामो गोलको खडेरी पनि तोडे । चेल्सीबाट व्यवसायिक फुटबल खेलेका जिरुडले टोलीलाई नेसन्स लिगमा ३ अंक दिलाए । एजेन्सी


प्रतिक्रिया दिनुहोस्