लिङखिममा आगलागी हुँदा एक घर जलेर नष्ट

-पदम श्रेष्ठ

ताप्लेजुङ, २५ भाद्र / ताप्लेजुङको फाक्ताङलुङ गाउँपालिका वडा नंं ३ स्थित लिङखिमको थौवा भन्ने स्थानमा आज विहान आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीय दलबहादुर विश्वकर्माको घर जलेर पुर्णरुपमा नष्ट भएको हो ।

विहान ९ बजेको समयमा विजुलीको करेन्ट सर्ट भएर आगलागी भएको अनुमान गरीएको छ । सो घरमा हाल ७ जनाको परिवार बस्दै आएका थिए । आगलागीबाट मानविय क्षती भने नभएको तर सम्पुर्ण सामान जलेर नष्ट भएको छ । घटनाको बारेमा सिवा प्रहरीलाई जनाकारी गराइएको र क्षतीको विवरण आउन बाँकी रहेको स्थानियबासि तेज बराईलीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्