घुस सहित इन्स्पेक्टर रङ्गेहात पक्राउ, घुस दिने पनि पक्राउ

 
बर्दिया, २५भदौ / बर्दियामा तीस हजार रुपैयाँ घुस सहित इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक इन्स्पेक्टर गणेश सिंह महता पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका कार्यालय प्रमुखसमेत रहेका इन्स्पेक्टर गणेशसिंह महताले पक्राउ परेका एक व्यक्तिलाई छाडिदिने आश्वासन दिई ३० हजार रुपैयाँ घुस लिँदैगर्दा आइतबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
इन्स्पेक्टर महताले स्थानीय मध्यस्थकर्ता मैयाँ पौडेल मार्फत् पक्राउ परेका व्यक्तिलाई अनुसन्धान नै नगरी छाडिदिने शर्तमा उक्त रकम घुसवापत मागेका थिए । प्रहरीले नै घुस मागेको भन्दै यसबारेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेपछि आयोगको कार्यालय नेपालगञ्जबाट गएको टोलीले इन्स्पेक्टर महतासहित मध्यस्थकर्ता पौडेललाई समेत नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जका सुचना अधिकृत निराजन शर्माले बताए ।

 

 


प्रतिक्रिया दिनुहोस्