बसन्त नाछिरिङको स्वरमा ‘तिमी म सँग किन रिसाउछौ’ म्युजिक भिडियो सार्बजानिक (भिडियो सहित)

काठमाडौं, २५ भाद्र / गायक बसन्त नाछिरिङ राईको तिमी म सँग किन रिसाउछौ बोल गितको प्युजिक भिडियो सार्बजानिक भएको छ ।

बिशुद्ध माया प्रेमलाई समेटेर बनाइएको यस भिडियोमा शब्द, रचना र सङिगत समेत बसन्त स्वयंले गरेका हुन् । निर्देशक युगल पोमोको निर्देशनमा तयार भएको यो भिडियोमा पुष्पल खड्का र एलिसा राईले उत्कृष्ट अभिनय गरेका छन् । यस भिडियोमा उत्सव दाहालको छांयाङ्न, निशान घिमिरेको सम्पादन, तेन्जु योन्जनको कोरियोग्राफी रहेको छ भने टेकेन्द्र याक्सोले एरेन्ज गरेका छन् ।

तेह्रथुमे ढाका बुटिकले एलिसाको लागि र हिम बुटिकले पुष्पलको लागि ड्रेस डिजाईन गरेको यस भिडियोमा लोकेश थापाको श्रृगार रहेको छ । तिमी म सँग किन रिसाउछौ गितको म्युजिक भिडियो आज सोमबार सङ्स नेपालको युट्युव च्यानलबाट सार्बजनिक भएको छ ।

-भिडियो हेर्न तलको लिङकमा क्लिक गर्नुहोस् ।

 


प्रतिक्रिया दिनुहोस्