भानु मावि जिल्लाकै उत्कृष्ट

ताप्लेजुङ संबाददाता

ताप्लेजुङ, २५ भदौ  / ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं. ४ स्थित भानु माविलाई शैक्षिक गुणस्तर केन्द्रबाट तयार गरिएको परीक्षण साधनका आधारमा ताप्लेजुङकै उत्कृष्ट सामुदायिक बिद्यालयको रुपमा पुरस्कृत गरिएको छ ।

प्रदेश नम्बर १ को सामााजिक विकास मन्त्रालयले उत्कृष्ट बिद्यालयको रुपमा भानु माविलाई पुरस्कृत गर्दै नगद ५ लाख रुपैंयाँ प्रोत्साहन अनुदान समेत दिएको बिद्यालयका प्रधानाध्यापक किशोरकुमार राईले जानकारी दिनुभयो । ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर भानु माविलाई पुरस्कृत गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाइको मूल्याङ्कन सिफारिसका आधारमा जिल्लाकै उत्कृष्ट सामुदायिक बिद्यालयको रुपमा भानु माविलाई पुरस्कृत गरिएको १ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आफ्नो वेभसाइटमा उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस्