अविरल वर्षा सँगै गएको पहिरोका कारण –नारायणगढ मुग्लिन सडक अवरुद्ध,वैकल्पिक मार्ग अपनाउन आग्रह

अरुण पोष्ट सम्वाददाता
मुग्लिन, २६ भदौ । हिजोदेखि परेको अविरल वर्षा सँगै ठाँउ ठाँउमा पहिरो जादा मध्यराती देखि मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध बनेको छ ।

उक्त सडक खण्डको कालिखोला, ४ किलो डाँडा र जलविरेमा पहिरो जाँदा मध्यरात करिब १:३० बजेदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । वर्षा निरन्तर भैरहेकोले पहिरो फाल्न जोखिम हुँदा अझै पहिरो हटाउन कार्य सूचारु हुन नसकेको पनि प्रहरीले बताएको छ ।
यस्तै प्रहरीले सकेसम्म यात्रा गर्दा वैकल्पिक मार्ग अपनाउन पनि सर्वसाधरणलाई आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्