नयाँ शक्ति पार्टीका संयोजक डा. भट्टराई एक महिनाका लागि अमेरिका प्रस्थान

काठमाडौँ, २६ भदौ / नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई आज करीब एक महीना लामो प्राज्ञिक भ्रमणका लागि संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभयो ।

भ्रमणका क्रममा उहाँले अमेरिकाका प्रबुद्ध र प्राज्ञिक व्यक्तित्व, नीति निर्माता, चिन्तक, प्राध्यापक, दक्षिण एशियाका बारेमा जानकारी राख्ने स्तम्भकार तथा लेखक, विकासका क्षेत्रमा कार्यरत व्यक्तित्व र प्रवासी नेपाली तथा दक्षिण एशियाली मुलुकका प्रवासीसँग पनि अन्तरक्रिया गर्ने उहाँका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।

डा भट्टराई आगामी असोज २२ गते स्वदेश फर्कनुहुनेछ । डा भट्टराईको यस भ्रमणको सम्पूर्ण व्यवस्थापन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले गर्ने बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्