निर्मला हत्या प्रकरण : अनुसन्धानमा संलग्न प्रहरीमाथि गृह मन्त्रालयले नै छानविन गर्ने

काठमाडौं भदौ २७,
निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीद्धारा अभियुक्त बनाइएका दिलीपसिंह विष्ट रिहा भएपछि अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृतमाथि छानविन हुने भएको छ । मंगलबार राति गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकले घटना अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृतमाथि छानविन गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयको ठहर गर्दै उनीहरुमाथि छानविन गर्ने निर्णय भएको मन्त्रालय श्रोतले बतायो ।

सिआईबी अनुसन्धानमाथि नै प्रश्न ?

निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अनुसन्धान गर्न खटिएको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईबी टोलीमाथि गम्भीर प्रश्नचिह्न उठेको छ ।

टोलीको सहयोगमा कञ्चनपुर प्रहरीले निर्मला हत्याको आरोपमा ४१ बर्षीय दिलीपसिंह विष्टलाई पक्राउ गरेको थियो ।

दिलीपको डिएनए परीक्षण रिपोर्ट नमिलेपछि सिआइबीको अनुसन्धान टोलीमाथि प्रश्न उठेको हो । विशेष दक्षता भएका र अनुसन्धानमा पोख्त प्रहरी अधिकृत रहने सिआईबीको अुसन्धानलाई विश्वसनीय मानिँदै आएको थियो ।, आजकोनागरिक दैनिकमा यो खबर छ ।

 


प्रतिक्रिया दिनुहोस्