साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सको सामना गर्दै

ढाका /  साफ च्याम्पियनसिप अन्तर्गत बुधबार हुने सेमिफाइनल खेलमा समूह ‘ए’ को विजेता बन्दै अगाडी बढेको नेपालले फाइनलमा स्थान बनाउन समूह ‘बी’ को उपविजेता माल्दिभ्सको सामना गर्न लागेको हो ।

 

प्रत्यक्ष प्रसारण : डीस होम एक्सन स्पोर्ट्स, एपीवन एचडी, साथै यप टिभीबाट अनलाइन हेर्नसक्नु हुनेछ ।

खेल – नेपाल विरुद्ध माल्दिभ्स

खेल हुने स्थान – बंगबंधु रंगशाला

खेल सुरु हुने नेपाली समय – दिउँसो ३ः४५ बजे

नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानविरुद्ध २-१ को हार बेहोर्दै खराब सुरुआत पाएको थियो । तर दोस्रो खेलमा भुटानलाई ४-० ले पाखा लगाउँदै नेपाल सेमिफाइनल नजिक पुगेको थियो । नेपालका लागि उक्त खेलमा अनन्त तामाङ, सुनील बल, भरत खवास र निराजन खड्काले गोल गरेका थिए । समूहको अन्तिम खेलमा आयोजक बंगलादेशलाई पराजित गर्नैपर्ने अवस्थामा नेपाल २-० ले विजयी हुँदै समूह विजेता बन्न सफल रहयो । नेपालका लागि विमल घर्ति मगर र नवयुग श्रेष्ठले गोल गरेका थिए ।

अर्को समूहमा भने भारतले श्रीलंका र माल्दिभ्सलाई समान २-० अन्तरले हराउँदै समूह विजेता बन्यो । माल्दिभ्स र श्रीलंकाको खेल गोलरहित बराबरीमा सकिएका कारण दुवै टोली समान अंक र गोलमा रहे । प्रतियोगिताको नियमअनुसार टस गरेर समूह उपविजेता छान्ने निषकर्ष भयो । टसमा माल्दिभ्स भाग्यमानी बन्दै सेमिफाइनल यात्रा तय गर्न सफल रहयो । माल्दिभ्सले प्रतियोगितामा कुनै गोल गर्न सकेको छैन ।

 

 


प्रतिक्रिया दिनुहोस्